back
stc
prabhu insurance

एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क ‘खल्ती’ बाट सीधै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको जनाएको छ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले एक विज्ञाप्ती जारी गरि जनाएको छ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा ऐन २०४९ बमोजिम बीमा समिति अर्थात नेपाल बीमा नियामक प्राधिकरणबाट गत २०६४ फाल्गुन १५ गते आफ्नो सञ्चालन अनुमतिपत्र प्राप्त गरी २०६४ चैत्र २१ गतेबाट बीमा सेवा शुरू गर्न थालेको थियो। कम्पनीले देशव्यापी रुपमा १४० वटा शाखा सञ्जाल मार्फत राष्ट्रको सेवा गरिरहेको छ।

यो सुविधा कार्यान्वयनमा आएसँगै अब एशियन लाइफ इन्स्योरेन्सको नवीकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ।

‘हामीले देखिरहेका छौँ कि कसरी संसार नगदबाट नगद रहित सिस्टममा परिवर्तन हुँदैछ। हामी विश्वास गर्छौं कि ‘खल्ती’ सेवा मार्फत ग्राहकले आफ्नो बीमा प्रिमियम अनलाइन तिरेर बहुमूल्य समय बचाउन सक्नेछन्’, खल्तीको मर्चेन्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले भनिन्।

एशियन लाइफ इन्स्योरेन्सको नवीकरण बीमा शुल्कुखल्तीु बाट यस प्रकार तिर्न सकिन्छ– ‘खल्ती’  एप लग–इन गरी ‘इन्स्योरेन्स’ आइकनमा ट्याप गर्ने ‘एशियन लाइफ इन्स्योरेन्स’ सेलेक्ट गर्ने ‘DOB’ र ‘Policy Number’ भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्
अब सम्पूर्ण विवरण दाखिला गरी ‘प्रोसिड ट’ पे’ मा क्लिक गर्ने
रु. ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनु पर्नेछ।

२० लाखभन्दा बढी प्रयोगकर्ताहरु भएको ‘खल्ती’ ले विगत ४ वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउँदै आइरहेको छ।

‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टीभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्स मार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिने जनाएको छ।