back
stc
prabhu insurance

शिखर इन्स्योरेन्सको ७७ हजार ७२० कित्ता सेयर लिलामीमा आउने

काठमाडौं । शिखर इन्स्योरेन्सले बिक्री खुला गरेको ३० प्रतिशत हकप्रद सेयर वैशाख ५ गते सोमबार बाँडफाँट भएको छ ।

यस कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २७ हजार ७१० जना सेयरधनीबाट ५१ लाख ९७ हजार ८५१ कित्ताका लागि मात्र आवेदन परेको छ ।

यसआधारमा ७७ हजार ७२० कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउनेछ । कम्पनीले चैत १ गतेबाट फागुन २१ गतेसम्म ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।