back
stc
prabhu insurance
nabil

आज आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज वैशाख ९ गते बस्दैछ । सभा, लैनचोर ब्यांक्वेट काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

कम्पनीको अधिकृत पुँजी बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गरेको छ ।

चैत २४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।