back
stc
prabhu insurance

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार रोक्का

काठमाडौं ।  हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने भएपछि दुवैको सेयर कारोबार रोक्का गरिएको हो । यी दुई कम्पनीहरुबीच बिहीबार वैशाख २२ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतापत्रमा हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिभ सापकोटाले हस्ताक्षर गरेका हुन् ।

अब दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए ) सकिएपछि सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो ) तय हुनेछ । हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ छ ।

यी बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजेका हुन् । बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो । समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याएको छ ।