back
stc
prabhu insurance

एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स दुवैको आज विशेष साधारण सभा, मर्ज प्रस्ताव पारित गरिंदै

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको आज  असार २ गते विशेष साधारण सभा बस्दैछ । सभामा हिमालयन जनरलइन्स्योरेन्ससंग मर्ज हुने प्रस्ताव पेश हुँदैछ । विशेष सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

मर्ज हुने भएपछि हाल एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का छ । यी दुई कम्पनीहरुबीच गएको वैशाख २२ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

हाल एभरेष्ट इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड र हिमालयन जनरलको १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यसैगरी, हिमालयन जनरल इन्स्योरेन्सको पनि आज असार २ गते नै विशेष साधारण सभा बस्दैछ । सभामा एभरेष्ट इन्स्योरेन्ससंग मर्ज हुने प्रस्ताव पेश हुनेछ । विशेष सभा एयरपोर्ट होटल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

हाल हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यी बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्याउनका लागि मर्जरको बाटो रोजेका हुन् । बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो ।

समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याएको छ ।