सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने भएपछि दुवैको आज असार १३ गतेदेखि सेयर कारोबार रोक्का गरिएको हो ।
यी दुई कम्पनीबीच आइतबार ९असार १२ गते० मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
सम्झौतामा सूर्या लाइफका अध्यक्ष केशव भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् । दुई कम्पनीकोे सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै औपचारिक मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् ।
बिमा समितिको चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनेपर्ने हुन्छ । हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
वि.सं.२०७९ असार १३ १२:५०




















