back
stc
prabhu insurance

सानिमा लाइफ इन्स्योरेन्सले ल्यायो धनपती बीमा योजना, ४/४ वर्षमा पैसा फिर्ता हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले धनपती बीमा योजना ल्याएको छ । प्रत्येक ४र४ वर्षमा पैसा फिर्ता हुने यो बीमा योजनामा सर्वसाधारणको निक्कै आकर्षण देखिएको छ ।

११ वर्षदेखी ७० वर्ष उमेरका मानिसले यो बीमा योजनामा सहभागी हुन सक्नेछन् । यो बीमा अवधी १२, १५ र २० वर्षको हुने कम्पननीले जनाएको छ ।

१२ वर्षे अवधीको लागी बीमांकको पहिलो ४ वर्षमा २५ प्रतिशत, दोस्रो ८ वर्षमा २५ प्रतिशत र पछिल्लो १२ वर्षमा ५० प्रतिशत र बोनस फिर्ता पाइने व्यवस्था रहेको छ ।

त्यस्तै १५ वर्षेमा बीमांकको पहिलो ५ वर्षमा २५ प्रतिशत, दास्रो १० वर्षमा २५ प्रतिशत र अन्तिम १५ वर्षमा ५० प्रतिशत र बोन पाइनेछ ।

त्यस्तै २० वर्षे अवधीमा बीमांकको पहिलो ५ वर्षमा २० प्रतिशत, दोस्रो १० वर्षमा २० प्रतिसत, तेस्रो ५ वर्षमा २० प्रतिशत र अन्तिम २० वर्ष अवधीमा ४० प्रतिशत र बोनस पाइने छ ।