आज लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पाउन सेयरधनी बन्ने अन्तिम मौका
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश पाउन सेयरधनी बन्ने आज मंगलबार असार १४ गते अन्तिम दिन हो ।
यसले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार असार १५ गतेदेखि बुक क्लोज गर्दैछ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । लुम्बिनी जनरल इन्स्योरेन्सले असार २९ गते साधारण सभा बोलाएको छ ।
सभा अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा १० प्रतिशतलाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै, कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि पेश गर्दैछ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । कम्पनीको अधिकृत पुँजी १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर ३ अर्ब पुर्याउने एजेन्डा पनि छ ।
वि.सं.२०७९ असार १४ ०८:१०




















