आज सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आज असार १५ गते विशेष साधारण सभा बस्दैछ । सभा धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्वाराही, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । यसको गत जेठ २९ गतेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो ।
बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सानिमा जनरलले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको छ ।
सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गरिसकेको छ । असार ७ गतेसम्म कायम सेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
वि.सं.२०७९ असार १५ ०८:३१




















