back
stc
prabhu insurance

आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसिलिटि क्लिनिक प्रा.लि बिच सेवामा छुट सम्बन्धि सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसिलिटि क्लिनिक प्रा.लि. बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसिलिटि क्लिनिक प्रा.लि का प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गर्नुभयो ।

 

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकमहानुभावहरुलाई ग्यालेक्सी स्पेसिलिटि क्लिनिक प्रा.लि महाराजगंज, काठमाडौँमा प्राप्त हुने सेवाहरु जस्तैः M X-ray, USG, ECG, ECHO लगायतका सेवाहरुमा १०% सम्म र OPD सेवामा २५% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत  शरण रेग्मीले ग्यालेक्सी स्पेसिलिटि क्लिनिक प्रा.लि सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।