रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ७४ प्रतिशतले वृद्धि
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७८/०७९ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन १८ दशमलव ८७ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ९९ करोड पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा कम्पनीले २ अर्ब ५१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको नाफा गत आर्थिक वर्षमा ७४ दशमलव ११ प्रतिशतले वृद्धि हुँदै १२ करोड २१ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ७ करोड १ लाख थियो ।
२ अर्ब १० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा २१ करोड ५२ लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ४२ दशमलव ६१ प्रतिशत वृद्धि हुँदै ३ अर्ब ७५ करोड पुगेको छ।
प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ५ रुपैयाँ ८२ पैसा र किताबी मूल्य ११९ रुपैयाँ ९७ पैसा छ ।
गत आर्थिक वर्षमा ७७ करोड ९६ लाख खुद दावी भुक्तानी गरेको कम्पनीले २६ करोड ४४ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।
वि.सं.२०७९ साउन ३१ १२:४१


















