नेपाल पुनर्बीमा कम्पनीको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज भदौ १७ गते अन्तिम दिन हो ।
भदौ ३० गते सातौं वार्षिक साधारण सभा बोलाएको कम्पनीले आइतबार भदौ १९ गते बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनीले सभामा भाग लिन र बोनस हात पार्न सक्नेछन् ।
साधारण सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
प्रस्तावित बोनस सेयर सरकार र बिमा समितिबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ ।
कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
वि.सं.२०७९ भदौ १७ ०७:३१



















