नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता ६६१ रुपैयाँ ९० पैसालाई आधार मानेर आज आइतबार यसको पहिलो कारोबार खुल्नेछ ।
कम्पनीको शुक्रबारको अन्तिम कारोबार मूल्य ६९५ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
वि.सं.२०७९ भदौ १९ ०७:३५




















