back
stc
prabhu insurance

नेपाल इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौं । नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार कित्ता सेयर लिलामी भर्ने आज भदौ २२ गते अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले भदौ ८ गतेदेखि संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

कम्पनीले यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३२५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३२५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा कम्पनीकै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।