हिमालयन एभरेष्ट इन्स्योरेन्सले दशैं बिदामा पनि बीमा सेवा प्रदान गर्ने
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले दशैं बिदामा पनि बीमा सेवा प्रदान गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राखेर विदाको समयमा पनि बीमा सेवा दिन लागेको जनाएको छ ।
इन्स्योरेन्स कम्पनीले आफ्नो केही सिमित शाखा कार्यालय संचालन गरी सेवा दिने एक सुचना जारी गर्दै जनाएको छ ।
इन्स्योरेन्स कम्पनीले असोज १६ गते १७, १८ र २१ गते क्रमशं फुलपाति, महाअष्टमी, महानवमी र द्धावदशीमा प्रधान कार्यालय थापागाउँ काठमाडौंबाट, र शाखा कार्यालय हात्तिसार काठमाडौंबाट सेवा दिने जनाएको छ । उक्त कार्यालय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुने जनाएको छ ।

वि.सं.२०७९ असोज १४ ०८:१६



















