back
stc
prabhu insurance

अजोड इन्स्योरेन्सको विशेष साधारण सभा आज

काठमाडौं । आज मङ्सिर ९ गते विशेष अजोड इन्स्योरेन्सले साधारणसभा गर्ने भएको छ । उक्त साधारणसभा कम्पनीले शुक्रबार काठमाडौँ स्थित लैनचौर ब्यांक्वेटमा गर्ने जनाएको छ । कम्पनीको हिजो कार्तिक २० गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी वृद्धिको आवश्यकतालाई दृष्ट्रिगत गरी अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त निर्जीवन बीमा कम्पनीको पहिचान तथा छनोट गर्ने एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि  बसेको संचालक समितिको १०५ औ बैठकबाट गाभ्न/गाभिन तथा प्राप्ति गर्ने सम्बन्धी उपसमिति गठन गर्ने र सोको स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरी बीमा प्राधिकरणमा पेश भएकोमा समितिबाट मर्जर अध्ययन कमिटीको स्वीकृति प्राप्त भएको हुँदा उक्त मर्जर अध्ययन कमिटी गठन गर्ने बारेको निर्णय अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभामा कम्पनीमा संस्थापक समुह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०:३० को अनुपातमा रहेकोमा संस्थापक समुहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरि कम्पनीको शेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशतको अनुपात कायम गर्ने प्रस्ताव पेश हुने जनाएको छ ।

साथै सभाले उपरोक्त प्रस्ताव नं ३ को व्यवस्था समेत समावेश गरि सम्बन्धित नियामक निकायबाट स्वीकृति पश्चात कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, उपरोक्त प्रस्तावहरुको सम्बन्धमा सम्बन्धित निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव दिएमा सोहि बमोजिम गर्न गराउन तथा अभिलेख गर्दा गराउदा केहि हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणीत गर्न, दाखिल खारेज गर्न र सम्बन्धित निकायबाट अभिलेख गराई लिन समेत संचालक समितिलाई अख्तियार दिने लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि मंसिर २ गते एक दिन शेयरधनी दर्ता किताव बन्द गरिसकेको छ । हाल प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जर प्रक्रियामा छन् ।