back
stc
prabhu insurance

सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा बैशाख २१ गते

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले छैठौं वार्षिक साधारण सभा बैशाख २१ गते आयोजना गर्ने भएको छ । उक्त सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा गर्ने जनाएको छ । उक्त सभा दिउँसो ३ बजे गर्ने कम्पनीले बताएको छ ।

सभाले अध्यक्षको मन्तब्य सहित संचालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ /०७९ को वासलात, हिसाब, नाफा नोक्सान आय व्यय इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसूचीहरु सहितको वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आथिृक वर्ष २०७९/०८० को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र बर्तमान लेखापरीक्षक श्री जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीको तर्फबाट गरिएको योगदान वापत ७ लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ ।