back
prabhu insurance
himalayanlife

नागरिक लगानी कोषको संचालकमा सुरेश प्रसाद खत्री निर्वाचित

काठमाडौं । नागरिक लगानी कोषको २०८० असार ३१ गते सम्पन्न २८ औं बार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि सुुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित हुनु भएको छ ।

५२ अर्व भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत समेत रहनु भएका सुरेश प्रसाद खत्री बैंक तथा वित्तिय संस्थाहरुको तर्फबाट ३ बर्षका लागि संचालकमा निर्वाचित हुनु भएको हो ।