नेपाल लाइफ इन्स्योरेन्सले ६७ करोड नाफा कमायो
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्सले ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा यस कम्पनी ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानमा थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जन ४.६९% ले बढेर ३६ अर्ब ६२ करोड ८० लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
जीवन बिमा कोषको आकार १९.७६५ ले बढेर १ खर्ब ६३ अर्ब ८२ करोड ६३ लाख १३ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा पुनरबिमा कमिसन र लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी पनि बढेको छ । यसले पनि खुद नाफा बढ्न सहयोग गरेको हो । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा छ ।
अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३० पैसा ऋणात्मक थियो । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८४ पैसा छ । जगेडा कोष १२५.३१% ले बढेर ६४ करोड ९७ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
वि.सं.२०८० साउन २८ १०:४९




















