back
prabhu insurance
himalayanlife

आईपीओ जारी गर्न स्टार माइक्रो इन्स्योरेन्सले बोर्डमा निवेदन दियो

काठमाडौं । आईपीओ निष्कासन गर्न स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

इन्स्योरेन्सकम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो।

इन्स्योरेन्स कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। यससँगै आईपीओ निष्कासनको माग राख्दै बोर्डमा निवेदन दिने लघु बीमा कम्पनीको संख्या ५ पुगेको छ।

यसअघि नै निवेदन दिइसकेका क्रेष्ट माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स अझै पाइपलाइनमा छन् भने गार्डिय माइक्रो लाइफले स्वीकृति पाएर पहिलो चरणको आईपीओ बिक्री खुला गरिरहेको छ।