back
stc
prabhu insurance

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

काठमाडौं । चालु आर्थिक  वर्षको दोस्रो  त्रैमाससम्म आइपुग्दा  सानिमा रिलायन्स  लाइफ  इन्स्योरेन्सको खुद नाफा बढेको छ ।

यसअवधिमा खुद नाफा ५.४४ प्रतिशतले बढेर २३ करोड १६ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा  यसले २१ करोड ९७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद बिमा शुल्क आर्जन बढेसँगै यस इन्स्योरेन्सको खुद नाफा पनि बढेको हो । खुद बिमा शुल्क आर्जन १८.७३ प्रतिशतले बढेर ३ अर्ब ११ करोड १४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ६२ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा छ । चुक्ता पुँजी ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार रुपैयाँ रहेको छ ।