back
stc
prabhu insurance

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  आज फागुन १ गते सिद्धार्थ  प्रिमियर  इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लभांश प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, आज फागुन १ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

यस इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न यस इन्स्योरेन्स कम्पनीले फागुन १५ गते वार्षिक साधारण सभा बोलाएको छ ।  साधारण सभा, लिसारा  रिसेप्सन नक्साल  काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।