back
prabhu insurance
himalayanlife

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीको यी शेयरहरू सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको हो।

शेयर खरिद गर्न इच्छुकले आगामी ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

यसअघि यी शेयरहरू संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएकोमा तोकिएको म्याद भित्र आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।