डेल्टा भेरिएन्ट’ र आँधीबेहरीका कारण अमेरिकामा फेरि बढ्यो बेरोजगारी
वासिङटन । कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण अमेरिकी अर्थतन्त्र फेरि प्रभावित भएको छ । यसैक्रममा गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी दर वृद्धि भएको छ । बेरोजागर भएको भन्दै सहयोगका दिइने निवेदनमा दरमा पनि वृद्धि भएको श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ ।
डेल्टा र आँधीका कारण अघिल्लो दुई हप्ता भन्दा गत हप्ता १६ हजारभन्दा बढी व्यक्तिले बेरोजगार बनेको भन्दै सहयोगका लागि निवेदन दिएका छन् ।
यो तथ्यांक विश्लेषकहरूको अपेक्षा भन्दा धेरै बढी हो । सन् २०२० को मार्चमा महामारी सुरु भएपछि श्रम बजारमा ठूलै समस्या आएको थियो । तर कोरोना संक्रमण कम भएपछि फेरि अवस्थामा सुधार भएको थियो ।
तर हालैको आँधी र कोभिडको डेल्टा भेरिएन्टले अमेरिकी अर्थतन्त्रलाई लगभग एक महिना अघिको स्तरसम्म पुर्याइदिएको छ ।
आँधीका कारण कतिपयलाई कार्यालयहरूमा पुग्न सकेका छैनन् । जसका कारण पनि बेरोजगारी दरमा वेद्धि देखिएको हो । बेरोजगार भएर निवेदन आउने प्रवृत्ति बिस्तारै घट्दै जाने अन्मान गरिएको छ । रासस–एएफपी
वि.सं.२०७८ असोज ८ १४:२९




















