back
stc
prabhu insurance

युक्रेनी राष्ट्रपति जेलेन्स्की कार दुर्घटनामा परेको पुष्टि, अवस्था सामान्य

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्की कार दुर्घटनामा पर्नुभएको उहाँका प्रवक्ताले पुष्टि गर्नु भएको छ ।

राजधानी कीभमा राष्ट्रपतिको गाडी र उहाँको एस्कर्टसँग एक यात्रुवाहक कार ठोक्किएको जेलेन्स्कीका प्रवकेता सर्गी नाइकीफोरोभले छोटो वक्तव्यमा भन्नु भएको छ ।

राष्ट्रपति जेलेन्सकी स्वास्थ्य परीक्षण गरिएको र उहाँलाई कुनै गम्भीर चोट नलागेको जनाइएको छ । मोटरकेडसँग ठोक्किएको कारका चालकलाई घटनास्थलमा प्राथमिक उपचार गरेर तत्काल एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याइएको जनाइएको छ ।

दुर्घटनाका विषयमा कानुन बमोजिम थप अनुसन्धान गरिने पनि राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् । यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन ।

राष्ट्रपति जेलेन्स्की युक्रेनले पुनस् कब्जा गरेको उत्तर–पूर्वी युक्रेनको प्रमुख केन्द्र इज्युम शहरको भ्रमण गरेर फर्केपछि दुर्घटना भएको हो ।

जलेन्स्कीले रुसी सेना विरुद्ध डटेर लाग्ने आफ्ना सैन्य जवानहरुलाई धन्यवाद दिनुभयो । पछिल्ला दिनहरूमा, युक्रेनको रुसले कब्जा गरेको क्षेत्रको ठूलो हिस्सा फिर्ता लिएको छ र रूसी सेनालाई पछि हट्न बाध्य पारेको छ ।