back
stc
prabhu insurance

युक्रेनका ६० लाख जनता बिजुली बिहीन: राष्ट्रपति जेलेन्स्की

युक्रेन र रुस युद्धकाबीच युक्रेनका ६० लाख जनता बिजुली बिहीन अवस्थामा अध्यारोमा बस्न बाध्य भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता रुसी मिसाइल हमलापछि ६० लाख युक्रेनीका घरमा अझै बिजुली आपूर्ति हुन नसकेको बताउनुभएको हो ।

चिसो बढेको बेला बिजुली, ग्याँस र हिटरबिना बाँच्न बाध्य हुँदा युक्रेनी जनता थप मारमा परेको उहाँको भनाइ छ ।

भिडियो सम्बोधनमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले राजधानी र आसपासका क्षेत्रहरू आक्रमणबाट सबै भन्दा बढी प्रभावित भएको र शहरका धेरै बासीन्दाले २० देखि ३० घण्टासम्म बिजुली नपाएको बताउनुभयो ।

उहाँले राजधानी बाहेक सबै भन्दा बढी प्रभावित क्षेत्र ओडेसा र भिनित्सा रहेको बताउनुभयो । उहाँले  न्यूनतम  विद्युत् प्रयोग हुने उपकरण प्रयोग गर्न सर्वसाधारणलाई अपिल पनि गर्नुभएको छ ।