back
stc
prabhu insurance

युक्रेनलाई सदस्यता दिने विषयमा नाटो सैन्य बैठक निर्णयविहिन

नाटोसँग नजिकिएकै कारण रुसी आक्रमण परेको युक्रेनले युद्धले क्षतिविक्षत हुँदा पनि नाटोको सदस्यता पाउने नपाउने भने अझै पनि अन्यौलमा परेको छ ।

माल्दोभामा आयोजित युरोपेली युनियनको राजनीतिक कमिटिको बैठकमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नाटो र इयुको सदस्यताको माग पुनः उठाउनुभयो ।

जेलेन्स्कीको उक्त मागमा सदस्य राष्ट्रहरुबीच भने मतभेद देखियो । जेलेन्स्कीले रुससँग सिमाना जोडिएका सवै देशलाई नाटोको सदस्यता दिनुपर्ने मागसमेत अघि सार्नुभएको छ ।

उता, नर्वेमा आयोजित नाटोको सैन्य समितिको बैठकमा पनि युक्रेनलाई तत्काल सदस्यता दिने विषयमा सहमति जुट्न सकेन ।

बैठकमा नाटो महासचिव जेन्स स्टोलटेन्बर्गले नाटो सदस्यता कसलाई दिने नदिने विषयमा रुसको भिटो नचल्ने बताए पनि युक्रेनले कहिले सदस्यता पाउँछ भन्ने चाहीँ खुलाउनु भएन ।

विशेषगरी अमेरिका र जर्मनी युक्रेनलाई नाटो सदस्यता दिँदा उत्पन्न हुनसक्ने रुसी प्रतिक्रियाप्रति चिन्तित रहँदै आएको बताइएको छ ।