back
stc
prabhu insurance

अमेरिकाको टेक्सासमा आँधी, सात लाख ग्राहक अन्धकारमा

संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा आँधी आएपछि सात लाख ३० हजारभन्दा बढी ग्राहक अझै पनि विद्युत्विहीन बनेको पावर आउटेज डट युएसले जनाएको छ ।

त्यस क्रममा ग्राहकहरूको सङ्ख्या बढ्दै गयो र डलास काउन्टीमा मात्र तीन लाखभन्दा बढी मानिस विद्युत्विहीन बने ।

केन्टुकी, अर्कान्सस, वेस्ट भर्जिनिया र मिसौरी राज्यहरूमा एक लाख ६० हजारभन्दा बढी घर र व्यवसायहरू मङ्गलबार बिहानसम्म विद्युत्विहीन थिए ।

मेमोरियल डे सप्ताहन्तमा मध्य संयुक्त राज्य अमेरिकामा आएको आँधीका कारण कम्तीमा २० जनाको व्यक्तिको मृत्यु भएको छ । साथै महत्त्वपूर्ण सम्पत्तिको क्षति भएको छ ।

आइतबार अहिलेसम्मको सबैभन्दा व्यस्त मौसम दिन थियो । यसमा २० भन्दा धेरै राज्यमा तीव्र हावा वा असिनाको छ सयभन्दा बढी रिपोर्ट गरिएको थियो ।