चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी अरब जाँदै
चिनियाँ राष्ट्रपति सी जिनपिङ ३ दिने भ्रमणका लागि आज बुधबार साउदी अरबमा जानु हुने भएको छ ।
सन् २०१६ पछि पहिलो पटक साउदी अरबको भ्रमणमा जान लाग्नुभएका सी चीन–खाडी सहयोग परिषदको शिखर सम्मेलनमा सहभागी हुनु हुने भएको हो ।
दुई देशबीच करिब ३० अर्ब डलरको ब्यापारिक सम्झौताको तयारी समेत भईरहेको र सीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ मोड दिने दावी साउदी प्रेस एजेञ्सीले गरेको छ ।
चीन साउदी अरबको सबै भन्दा ठूलो ब्यापारिक साझेदार हो । साउदी अरबका अघोषित शासक राजकुमार मोहम्मद विन सलमानले चिनियाँ राष्ट्रपति सीलाई भब्य स्वागत गर्ने अनुमान गरिएको छ ।
अमेरिकासहित अन्य पश्चिमा देशहरुसँगको सम्बन्धमा तनाव र उतारचढाव आईरहने भएकाले चीन पनि साउदीसहि खाडी देशहरुसँग थप मजबुत सम्बन्ध बनाउने प्रयासमा रहेको छ ।
वि.सं.२०७९ मंसिर २१ ०९:५०




















