back
stc
prabhu insurance

सुनको मूल्य बढयो

काठमाडौं । साताको दोस्रो दिन कार्तिक ८ गते सोमबार पनि सुन–चाँदीको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला छापावाल सुन ९२ हजार १०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।