back
prabhu insurance
himalayanlife

सिद्धार्थ बैंकद्वारा १५ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको गत आइतबार बसेको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब ६४ करोड ४३ लाख ४४ हजार ८८० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा १४.२५ प्रतिशतले हुन आउने १ अर्ब ५६ करोड २१ लाख २७ हजार ६३६ रुपैयाँ बराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ बैंकले ०.७५ प्रतिशतले हुन आउने ८ करोड २२ लाख १७ हजार २ सय४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंक सञ्चालक समितिको बैठकले निर्णय गरेको जानकारी दिइएको छ।