स्वावलम्बन लघुवित्तको नाफा ७३.९२% ले बढेर ६१ करोड ९४ लाख ८२ हजार रुपैयाँ पुगे

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा स्वावलम्बन लघुवित्तको नाफा ७३.९२% ले बढेर ६१ करोड ९४ लाख ८२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३५ करोड ६१ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । यसले पनि खुद नाफा बढ्न सहयोग पुगेको हो ।
खुद ब्याज आम्दानी १५.६६% ले बढेर १ अर्ब ४५ करोड १३ लाख ३४ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ४८.८९%ले बढेर ८४ करोड १७ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा प्रोभिजनमा २९ करोड १० लाख ४९ हजार रुपैयाँ छुट्याएको छ भने १४ करोड १५ लाख १२ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।
१ वर्षको अवधिमा स्वावलम्बन लघुवित्तको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७४ पैसाले बढेर ६५ रुपैयाँ ६९ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा थियो । प्रतिसेयर नेटवर्थ २८५ रुपैयाँ ९६ पैसा छ । जगेडा कोष २८.३५% ले बढेर १ अर्ब ७४ करोड ८८ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
वि.सं.२०७८ साउन १९ ०७:५६