back
stc
prabhu insurance

नाडेप कोलघुवित्तको खुद नाफा २८. ९६% ले घटेर ११ करोड ४० लाख रुपैयाँमा सीमित

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाडेप लघुवित्तको खुद नाफा २८.९६ प्रतिशतले घटेर ११ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १६ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी १७.९५ प्रतिशत ले घटेर ३९ करोड १० लाख रुपैयाँमा सीमित भएको छ ।

सञ्चालन नाफा पनि ४७.७५ प्रतिशत ले घटेर १३ करोड ४ लाख रुपैयाँमा आएको छ ।असार मसान्तसम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ २६ पैसाले घटेर २३ रुपैयाँ ४९ पैसा ९वार्षिक० कायम भएको छ ।