back
stc
prabhu insurance

आज बिहीबार भदौ ९ गतेदेखि सपोर्ट लघुवित्तले संस्थापक सेयर बिक्रीमा 

काठमाडौं । आज बिहीबार भदौ ९ गतेदेखि सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ हजार ७१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

सेयरको भाउ प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्यूनतम आधार मानेर दर रेट तोक्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले भदौ २३ गते भित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु , काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

यसमा लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्न व्यवस्था गरिएको हो ।