back
stc
prabhu insurance

सिभिल लघुवित्तको भर्चुअल अभिमुखिकरण कार्यक्रम

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहक सदस्यहरु र संस्थाको बीचमा सुमधुर सम्बन्ध निरन्तर कायम राखि राख्न टेवा पुग्ने अभिप्रायले सम्पूर्ण अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई समेटेर ३ सय ५० जना कर्मचारीहरुलाई भर्चुअल माध्यमबाट ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोवलका साथ ग्राहक सदस्यलाई सर्वोपरि मानी ग्राहक संरक्षणको सिद्धान्तहरु अनुसरण गर्दै आफ्ना दैनिक कामकार्बाहीहरु नियमित रुपमा गर्न निर्देशन दिएका छन् ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीकोरुपमा रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले देशका ३४ जिल्लाहरुमा ७५ शाखा कार्यालयहरु मार्फत करिब ७१ हजार घरपरिवारमा लघुवित्तीय सेवाहरु लगायत गैर–वित्तीय सेवाहरुसमेत प्रदान गर्दै आइरहेको छ ।