back
stc
prabhu insurance

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट

काठमाडौं । आज भदौ २० गते खप्तड लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथा मार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा समावेश गराइएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।

खप्तडले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।

योमध्ये ५ प्रतिशतअर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट तथा खप्तड लघुवित्तको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि नतिजा थाहा पाउन सकिनेछ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।