back
stc
prabhu insurance

साना किसान र आरएमडीसी लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ ।

दुई थोक–कर्जा प्रदायक लघुवित्त संस्थाहरुबीच शुक्रबार भदौ ३१ गते आपसमा गाभिएर कारोबार गर्ने सम्झौता भएको हो ।

मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्नेगरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठक र मर्जर उपसमितिका संयोजक उमेश लम्साल तथा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समितिका संयोजक भिम प्रसाद तिम्सिनाले समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरेका छन् ।