back
prabhu insurance
himalayanlife

आज आशा लघुवित्तको शेयरमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रिमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

लघुवित्त वित्तीय संस्थाका केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । उक्त शेयर किन्न चाँहाने लगानीकर्ताहरुले न्यूनतम ३९५ रुपैयाँ र सोभन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन ।

संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद  गर्न इच्छुक व्यक्ति वा संस्थाले आजभित्र आवश्यक कागजपत्र संकलन गरेर प्रभु क्यापिटलको केन्द्रिय कार्यलय कमलादी काठमांडौमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।