७ लाख ८९ हजार कित्ता संस्थापक सेयर आशा लघुवित्त वित्तीय संस्थाले बिक्री गर्दै
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ ।
लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ ।
यसमा लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी सहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनु पर्नेछ ।
वि.सं.२०७९ असोज १४ ०७:५९




















