back
stc
prabhu insurance

आशा लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने समय थप

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको  संस्थापक सेयरमा आवेदन दिने समय थप भएको छ । अब यसमा कात्तिक २७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ ।

तसर्थ, लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ ।

यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।