back
stc
prabhu insurance

मिथिला लघुवित्तको आज वार्षिक साधारण सभा

काठमाडौं । आज बुधबार फागुन १७ गते मिथिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्दैछ । यस कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।

यस्तै, कम्पनीको सेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत बनाउने एजेन्डा पनि छ ।

हाल कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि हुनेछ ।

मिथिलाले अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने भएको छ ।

सभा, न्यू बौवा होटल एन्ड गेष्ट हाउसको सभाहल, लालगढ धनुषामा बिहान ११ बजेबाट सुरु हुनेछ । सभा प्रयोजनका लागि यसले फागुन ५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, फागुन ४ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।