आज स्वावलम्बन लघुवित्तको साधारण सभा
काठमाडौं । आज फागुन १९ गते स्वावलम्बन लघुवित्तले साधारणसभा आह्वान गरेको छ । उक्त साधारणसभा लैनचौर ब्यान्क्वेटमा आयोजना गर्ने जनाएको छ । लघुवित्तले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर र ६ दशमलव ०५२ प्रतिशत नगद गरि कुल २१ दशमलव ०५२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गरेको थियो । त्यसकारण फागुन ९ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
वि.सं.२०७९ फागुन १९ ०७:१०



















