back
stc
prabhu insurance
nabil

आज ग्लोबल आइएमई लघुवित्तको साधारण सभा

काठमाडौं । आज फागुन २४ गते ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा बेस्ट रिसोर्ट नेपाल, लेकसाइड पोखरामा बिहान ९ बजेबाट सुरु हुनेछ  । वार्षिक साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ८ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

प्रबन्धपत्र संशोधन गरी कम्पनीले ‘इनवार्ड रेमिट्यान्स’ सम्बन्धी कार्य गर्ने व्यवस्था पनि थप गर्ने भएको छ । यस्तै, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

यता, कम्पनीको चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकम भन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १५ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।