back
stc
prabhu insurance

किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत १९ गते अन्तिम दिन हो । यस संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत २० गते बुक क्लोज गर्दैछ ।

तसर्थ, कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न आजै सेयर खरिद गर्नुपर्छ । यस कम्पनीले गत  वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न चैत २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

साथै, सभामा कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्नेछ । किसानले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागीसकेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २५ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १२५ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो ।

वार्षिक साधारण सभामा कम्पनीले अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।