back
prabhu insurance
himalayanlife

आशा लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। लघुवित्तले लाभांश तथा साधारणसभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ९३५ रुपैयाँ ६७ पैसा कायम भएको छ।

नेप्सेले बुधबारको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। बुधबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। आइतबार सोही मूल्यलाई आधार मानेर दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।