back
prabhu insurance
himalayanlife

सूर्योदय वोमी लघुवित्तको ७ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रतिशत लाभांश घोषणा गरेको छ।लघुवित्त वित्तीय संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी ९१ अर्ब ४ करोड ३६ लाख ६६ हजार ३१५.७२ रुपैयाँ० को ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्त वित्तीय संस्थाले ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव प्रमेश आचार्यले जानकारी दिएका छन्।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ।