back
stc
prabhu insurance

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १७ हजार ७१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर संस्थापक व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ। इच्छुक खरिदकर्ताले आगामी ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा व्यहोरा खुलाई निवेदन दिनु पर्नेछ।