back
prabhu insurance
himalayanlife

एमाले विभाजनको षडयन्त्र असफल हुने एकता जोगाउन नेताहरूको प्रयास जारी

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने बताइएको छ ।

माधव नेपाल र भीम बहादुर रावल लगायतका केही नेताबाहेक दोस्रो पुस्ताका माधव पक्षीय नेताहरुसँगको निरन्तर संवाद चलिरहेको सन्दर्भमा एमालेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने अनुमान समेत नेताहरुको छ ।

मंगलवारको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने र अर्को पक्षले अनुशासनहीन गतिबिधि जारी राखे पनि एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय लिएको थियो ।

एकताकै लागि वातावरण बनाउन शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदमाथिको कारवाही समेत रोकिएको छ। एमाले माधव पक्षले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिएमा ओली २०७५ जेठ २ मा फर्किन सहमत हुने भएका छन।