back
hangrilabank
himalayanlife
stc

निजी क्षेत्रबाट हेटौंडामा आइसोलेसन सेन्टर संचालनमा

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघ संस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्वीकृति दिएपछि बुधबारदेखि ३० वेडको आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।

आइसोलेसन सेन्टरमा अक्सिजनसहित पुरुषका लागि २० वटा र महिलाका लागि १० वटा छुट्टाछुट्टै वेडको व्यवस्था गरिएको कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले जानकारी दिनुभयो ।

डेक्सले एम्बुलेन्स सेवासमेत सञ्चालन गर्दै आएको छ । स्वास्थ्यकर्मीहरुको निरन्तर रेखदेख रहनेगरी आइसोलेशन सेन्टरमा झुल, टेलिभिजन, इन्टरनेट लगायतको व्यवस्था गरिएको बताइएको छ ।