जेठ २१ गते ६६५३ संक्रमित थपिए थप १०१ जनाको मत्यु
काठमाडौ । आज जेठ २१ गते शुक्रबार नेपालमा कोरोना भाइरसका ६६५३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ ।
१४ हजार १८२ पीसीआर र ६६३१ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ८६६३ जना निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमित संख्या एक लाख भन्दा तल झरेको छ ।
सक्रिय संक्रमित संख्या ९७ हजार ६ सय ९९ मा झरेको छ । निको हुनेको दर ८१.९ प्रतिशतले वृद्धि हुँदा सक्रिय संक्रमित संख्या झरेको हो । कूल संक्रमित संख्या ५ लाख ८१ हजार पुगेको छ । कूल मृतक संख्या ७७३१ पुगेको छ । ४ लाख ७६ हजार जना निको भएका छन् ।
वि.सं.२०७८ जेठ २१ १७:२९